मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान

 माघ ७, २०७५ सोमबार १६:३०:१२ | एजेन्सी
unn.prixa.net

२०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह खानले बलिउडमा भित्र्याउने तयारी गरिरहेकी छिन् । 

यसअघि मिस यूनिभर्सको ताज जितिसकेकी अभिनेतृ सुष्मिता सेन, मिस वर्ल्डको ताज जितेका अभिनेतृहरु ऐश्वर्या राय, प्रियंका चोपडा जस्ता सुन्दरीहरु जस्तै मानुषी छिल्लर पनि बलिउडमा आफ्नो सौन्दर्य तथा अभिनयका कारण दर्शक माझ छाउने तयारी गरिरहेकी छिन । 

खबरहरुका अनुसार फराह खान र मानुषी छिल्लरले यसका लागि भेटघाट गरिसकेका छन् । फराह खानले नै यसअघि अभिनेतृ दीपिका पादुकोणलाई फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउड डेब्यू गराएकी थिइन् । 

सन् २०१४ मा फराह खानले फिल्म ‘ह्याप्पी न्यू इयर’ निर्देशन गरेकी थिइन् । त्यसपछि उनले हालसम्म कुनै पनि फिल्म निर्देशन गरेकी छैनन् । तर उनी फिल्महरुमा कोरियोग्राफरको रुपमा भने काम गर्दै आइरहेकी छिन् । 

फराह खान मानुषी छिल्लरलाई उनले निर्देशन गर्ने बायोपिकमा मुख्य अभिनेत्रीको रुपमा डेब्यू गराउन चाहन्छिन । तर उनको यस बायोपिकका बारेमा भने अहिले कुनै आधिकारिक तथ्य सार्वजनिक गरिएको छैन । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया