नेपाल फोटो पत्रकार महासंघ–रामेछापको संयोजकमा उज्यालोकर्मी भट्ट

 माघ ७, २०७५ सोमबार १८:४०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापमा उज्यालोकर्मी दीपक भट्टको संयोजकत्वमा १३ सदस्यीय नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा तदर्थ समिति गठन भएको छ । 

नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष सागर श्रेष्ठको अध्यक्षतामा जिल्ला सदरमुकाम मन्थलीमा भएको बैठकमा जिल्लामा विभिन्न सञ्चार संस्थामा आबद्ध भएर क्रियाशील रुपमा काम गरिरहेका पत्रकारहरुको प्रतिनिधित्व हुने गरी तदर्थ समिति गठन गरिएको हो । 

भट्टको संयोजकत्वमा गठन भएको तदर्थ समितिको सदस्यहरुमा सुमित श्रेष्ठ, सागर बिक्रम बस्नेत, युनिका बिफा घिसिङ, रामचन्द्र वि.क., युवराज श्रेष्ठ, ज्ञानु श्रेष्ठ, टीकाप्रसाद भट्ट, बद्री नयाँघरे, रमेश ढुङ्गेल, हिमाल ढुङ्गेल, सौजन्य सत्याल र मन्जु उप्रेती रहेका छन् ।

पछिल्लो समयमा व्यावसायिक रुपमा पत्रकारिता गर्ने पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट पनि व्यावसायिक पत्रकारितामा थप टेवा पु¥याउदै जिल्लाका फोटो पत्रकारहरुलाई एकताबद्ध बनाउने उद्देश्यका साथ शाखा गठन गरिएको फोटो पत्रकार महासंघका उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

संयोजक बनेका भट्ट रामेछाप जिल्लामा रहेर विगत २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउनुभएको छ । 

जिल्लामा छरिएर रहेका सबै फोटो पत्रकारहरुलाई एउटै छातामा संगठित गराउने गरी आफुले काम गर्ने संयोजक भट्टले प्रतिबद्धता जनाउनुभयो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया