काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
डडेल्धुरा – चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु चार जना घाइते भएका छन् । ज्यान गुमाउनेमा आलिताल गाउँपालिका ३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहनु भएको छ ।
बिहान परेको चट्याङले घरमा बसिरहेका थापाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते मानबहादुर विष्ट, गोमती विष्ट, मनिसा भण्डारी, हरिना भण्डारीलाई उपचारका लागि धनगढी लगिएको छ ।