अमिताभ बच्चनकी छोरी श्वेताले गरिन् ‘टीनएज’मा सलमान खानसँग प्रेममा परेकाे खुलासा

 माघ ८, २०७५ मंगलबार १५:२४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

हालै अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चन र उनकी दिदी श्वेता बच्चन नन्दा करण जोहरको चर्चित विवादित शो ‘कफी विद करण’ मा सहभागी भएका थिए । 

त्यस शोमा श्वेताले कुनै समयमा आफू अभिनेता सलमान खानको प्रेममा रहेको कुराको खुलासा गरेकी छिन् । 

अभिनेत्री ऐश्वर्या राय विवाह गर्नुअघि सलमान खानसँगको प्रेम सम्बन्धमा थिइन् । तर पछि उनले सलमानसँग ब्रेकअप गरेर अभिषेक बच्चनसँग विवाह गरिन् । यो कुरा कसैबाट लुकेको छैन । 

तर अहिले अभिषेक बच्चनकी दिदीले समेत एक समयमा सलमानलाई प्रेम गर्ने गरेको खुलासा भएको छ । 



श्वेताले आफू टीनएजमा हुँदा सलमान खान उनको क्रस रहेको बताएकी छिन् । उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ हेरेको र त्यस फिल्मको पूरै अडियो रेकर्ड गरेर हरेक दिन सुन्ने गरेको बताएकी छिन् । 

उनका भाइ अभिषेकले पनि श्वेताका लागि सलमान खानले फिल्म ‘मैने प्यार किया’ मा लगाएको जस्तै क्याप किनेर ल्याइदिएको कुरा पनि बताएकी छिन् । 
श्वेताले त्यस समयमा आफुूलमानलाई मन पराउन थालेको र सलमानको यादमा त्यो क्यापलाई सँगै राखेर सुत्ने गरेको पनि बताएकी छिन् । 

करण जोहरको शो ‘कफि विद करण’ जति चर्चित छ त्यो भन्दा पनि बढी बिवादित छ । करण जोहरको शोमा सेलिब्रेटीहरु आएर बोलेका कुराहरुले धेरै विवादहरु सिर्जना गरिसकेका छन् । 

यसअघि पनि कैयौं सेलिब्रेटीले दिएको बयानका कारण विवादको सामना गरिसकेका छन् । अहिले श्वेताले दिएको यो बयानले कुन रुप लिनेछ त्यो भविष्यमै थाहा हुनेछ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया