कांग्रेस सांसदको नाराबाजीका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित

 माघ ८, २०७५ मंगलबार १५:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गराएको छ । 

कांग्रेस नेताहरुको नाउँमा सञ्चालनमा रहेको अस्पताललाई सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेसले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गरेको हो । 

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेर बिराेध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस नेता प्रकाशमान सिंहलाई बाेल्ने समय दिनुभएकाे थियाे । 

सभामुखले दिएकाे समयमा बाेल्दै सिंहले विपी कोइरालाको नाउँमा तनहुँमा रहेको राष्ट्रिय श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सरकारले दुई तिहाईको दम्भमा खारेज गर्न लागेको बताउनुभयो । 

संघीय सरकारमार्फत नै सञ्चालन हुने निर्णय सदनलाई जानकारी नगराएसम्म संसदको कुनै पनि प्रकृया अघि बढाउन नदिने भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । 

कांग्रेस सांसदको नाराबाजीका कारण बैठक अवरुद्ध भएको हो । 

सभामुख कृष्णबहादुर महराले आफूले सरकारको विशेष ध्यानाकर्षण गराइसकेको बताउँदा पनि कांग्रेस सांसदहरुले नाराबाजी गर्न नछोडेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएकाे छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया