काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - संसदीय सुनुवाई विशेष समितिले तीन जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
तीनै जना राजदूतको नाम संसदीय सुनुवाई प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
गएकाे पुस ६ र ९ गते बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीजरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदूतको रुपमा सिफारिस गरेको थियो ।
समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए । क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन क्यानडा सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा लगानी बढाउन पनि क्यानडा सरकारसँग पहल गर्ने योजना अघि सार्नुभयो ।
संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्विजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्र संघसँग आवद्ध संघ, संस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले आप्रवासी नेपाली श्रमिकहरुको हितमा आफू लागिपर्ने योजना पनि समितिलाई जानकारी गराउनु भयो । कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालमा कुवेतको लगानी भित्रयाउन पनि पहल गर्ने योजना अघि सार्नुभयो ।
गएकाे माघ ३ गते बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदूत दिपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।