कांग्रेस सांसदले मन्त्रीलाई घेरा हालेपछि फेरि स्थगित भयो संसद बैठक

 माघ ८, २०७५ मंगलबार १६:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाकाे आजको बैठक दोस्रो पटक पनि स्थगित भएको छ । 

पहिलो पटक १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठक पुन: प्रमुख प्रतिपक्षि दल कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि स्थगित हुन पुगेको हो । 

सभामुख कृष्ण बहादुर महराले दोस्रो पटकको बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिनुभएको थियो । 

विधेयक पेश गर्न अघि बढ्नुभएका मन्त्री पोखरेललाई कांग्रेस सांसदहरुले पोडियम तर्फ जानै नदिई घेराबन्दी गरेर रोकेपछि बैठक पुन: १५ मिनेटका लागि स्थगित हुन पुगेको हो । मन्त्री पोखरेललाई घेरा हालेर कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए ।  

तनहुँमा स्थापना गरिएको गिरिजा प्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहतमा राख्न माग गर्दै कांग्रेसले सांसद बैठक अवरुद्ध पारेको हो ।

यस अघि हिजोको बैठक पनि कांग्रेसले अवरुद्ध पारेको थियो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया