युरोपेली फुटबल खेलाडीहरुको ट्रान्सफर मार्केटको नालीबेली

 माघ ८, २०७५ मंगलबार २०:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली खेलाडीहरुको ट्रान्सफर मार्केटको आधाभन्दा बढी समय सकिएको छ । केही खेलाडीहरु एउटा क्लब छोडेर अर्कोमा आबद्ध भइसकेका छन् भने कतिपय खेलाडी क्लबको अनुमति कुरेर बसिरहेका छन् । कतिपय क्लब खेलाडी किनबेचबाट आफ्नो हिसाब किताव मिलाउन ब्यस्त छन् । 

यस्ताे छ ट्रान्सफर माकेर्टको पछिल्लो गतिविधिहरु :

चेल्सीका प्लेमेकर इडिन हाजार्ड यो समरको अन्त्यसम्मै क्लबमा रहने भएका छन् । विश्वकप सकिएपछि हाजार्डले चेल्सी छोडेर रियल मड्रिडमा आबद्ध हुन इच्छुक रहेको बताएका थिए । तर, चेल्सीमा उनको सम्झौता सकिन अझ डेढ वर्ष बाँकी छ । 

हाजार्डले भने, ‘मैले इंग्ल्याण्डमा कम्युनिटी शिल्डबाहेक सबै उपाधि जितिसकेको छु, यसको मतलव म लण्डन छोड्न इच्छुक छु भन्ने होइन ।’
‘मलाई फरक कुराको अनुभव गर्न मन पर्छ, तर इंग्ल्याण्डमा बस्नका लागि अझ पनि धेरै बहाना छन् ।’

‘विश्वकपपछि म क्लब छोड्न चाहन्थेँ, तर म चेल्सीमै रहेँ र करियरको सबैभन्दा उत्कृष्ट सिजन खेलिरहेको छु ।’

अर्को इंग्लिस क्लब आर्सनलले रियल मड्रिडका मिडफिल्डर जेम्स रोद्रिगेज भित्राउने इच्छा देखाएको छ । हाल लोनमा जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका रोद्रिगेजलाई आबद्ध गर्नका लागि प्रस्ताव अघि सारिसकेको बुझिएको छ । तर रियल मड्रिड भने रोद्रिगेजलाई टोटनह्याममा बेच्न चाहन्छ । रियलको नजर क्रिष्टियन इरिक्सनमाथि छ । त्यसैले रियल मड्रिड रोद्रिगेज बेचेर इरिक्सन ल्याउन टोटनह्याममा पहुँच बनाउने प्रयासमा छ । 

आसर्नलको नजर युभेन्टसका गोलकिपरमाथि

आर्सनलले युभेन्टसका गोलकिपर इमिल अडेरोलाई अनुबन्ध गर्न पनि इच्छुक देखिएको छ । यो सिजनको अन्त्यपछि पिटर चेकले सन्यास लिने बताएपछि आर्सनल भरपर्दा गोलकिपरको खोजीमा छ । 

अहिले २२ वर्षे गोलकिपर अडेरो साम्प्डोरियामा लोनमा खेलिरहेका छन् । 

पाउल पोग्बाको म्यान्चेष्टर भविष्यमा यू–टर्न

६ साताअघि पाउल पोग्बाले म्यान्चेष्टर युनाइटेड छोड्ने सार्वजनिक रुपमै इच्छा ब्यक्त गरेका थिए । तत्कालिन म्यानेजर जोसे मोरिन्होसँगको सम्बन्ध र आफ्नो प्रदर्शनका कारण उनी वल्ड ट्राफोर्डमा सन्तुष्ट थिएनन् । 

तर मोरिन्होको बर्खास्ती, नयाँ प्रशिक्षकको उनीप्रतिको विश्वास र सबैभन्दा महत्वपूर्ण कुरा मैदानमा उनको प्रदर्शनका कारण उनी युनाइटेडमै सन्तुष्ट छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुशार पोग्बा युनाइटेडमा नयाँ सम्झौता गर्न चाहन्छन् ।

गोञ्जालो हिग्वेन लण्डनमा

चेल्सीसँग सम्झौता गर्नका लागि युभेन्टसका फरवार्ड गोञ्जालो हिग्वेन लण्डन पुगेका छन् । चेल्सीले उनलाई युभेन्टसबाट बाँकी सिजनका लागि लोनमा अनुबन्ध गरेको हो । उनी युभेन्टसबाट लोनमा मिलानमा खेलिरहेका छन् ।

काराबाओ कपको सेमिफाइनलको दोस्रो लेगमा हिग्वेन मैदानमा उत्रिनसक्ने सम्भावना छ । 

हिग्वेनको उपस्थितीपछि प्रशिक्षक माउरिसियो सार्रीले अल्भारो मोराटालाई एट्लेटिको पठाउने योजना बनाएका छन् । हिग्वेनले यसअघि नेपोलीमा सार्रीसँग काम गरिसकेका छन् । 

केभिन प्रिन्स बोएटिङ बार्सिलोनामा

बार्सिलोनाले इटालियन क्लब सास्सुओलोबाट मिडफिल्डर केभिन प्रिन्स बोएटिङलाई अनुबन्ध गरेको छ । टोटनह्याबाटसमेत खेलिसकेका ३१ वर्षे बोएटिङ बार्सिलोनाले बाँकी सिजनका लागि नोउ क्याम्प भित्राएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया