काठमाण्डौको सिनामंगलमा भ्यानको ठक्करबाट एकजनाको मृत्यु

 माघ ९, २०७५ बुधबार ८:५३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिनामंगलमा भ्यानको ठक्करबाट उदयपुरकी अनिमा कार्कीको ज्यान गएको छ । 

बुधबार बिहान बा १९ च ९६ ४५ नम्बरको भ्यानले ठक्कर दिँदा घाइते भएकी उदयपुरको कटारी नगरपालिका ८ घर भई काठमाण्डौको सिनामंगलमा बस्दै आएकी कार्कीको ज्यान गएको हो ।

१८ वर्षकी कार्कीको उपचारको क्रममा काठमाण्डौ मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
 

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया