जापानकी नाओमी ओसाका अस्ट्रेलिया ओपन टेनिसको सेमिफाइनलमा

 माघ ९, २०७५ बुधबार १०:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानकी नाओमी ओसाका अस्ट्रेलिया ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छिन् ।

क्वार्टरफाइनलमा युक्रेनकी एलिना स्वितोलिनालाई पराजित गर्दै अन्तिम चारमा पहिलो पटक पुगेकी हुन् । चौथो वरियता प्राप्त गरेकी ओसाकाले छैटौं वरियताकी स्वितोलिनालाई ६–४ र ६–१ ले पराजित गरेकी थिइन् ।

जितसँगै पछिल्लो २५ वर्षमा अस्ट्रेलियन ओपनको सेमिफाइलनमा पुग्ने पहिलो जापानीज महिला खेलाडी पनि बन्न सफल भइन् । २५ वर्ष अघि किमि डेट सेमिफाइनलमा पुगेकी थिइन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया