नेपालगञ्जमा घुम्ती शौचालय सञ्चालनमा

 माघ ९, २०७५ बुधबार ११:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – नेपालगञ्जमा अति ब्यस्त चोक तथा स्थानमा बुधबारदेखि घुम्ती शौचालको सेवा सुरु भएको छ ।

घुम्ती शौचालय बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चोक आसपास राखिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताउनुभयो । एउटा शौचालय एकपटकमा ६ जनाले प्रयोग गर्न मिल्ने खालको छ  । चारवटा घुम्ती शौचालय करिब ५९ लाख रुपैयाँमा खरिद गरिएको हो ।

एसियाली विकास बैङ्कको सहयोगमा एकीकृत शहरी विकास आयोजनाअन्तर्गत  हिरिमिनियामा घुम्ती शौचालय पनि ल्याइएको हो । ल्याण्ड फिल साइटको निर्माण सम्पन्न भएपछि घुम्ती शौचालयको मलमुत्र त्यसमै व्यवस्थापन गरिने भएको छ ।

घुम्ती शौचालय संचालन गर्न पहिलो चरणमा तीन महिनाका लागि ६५ हजारमा ठेक्का दिइएको छ । । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा, प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेललगायतको उपस्थितिमा बुधबार घुम्ती शौचालयको सेवा सुरुवात गरिएको हो ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया