अवैध अन्तर्राष्ट्रिय कल बाइपास: अहिलेसम्म १ सय ६६ जना पक्राउ, १२ अर्ब रुपैयाँ विगो दावी

 माघ ९, २०७५ बुधबार १६:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्नहरुविरुद्धको कारबाही तीव्र बनाएको छ । 

पछिल्लोपटक सीआइबीले गएको सोमबार सामाखुसी सरकारीधारा चोकमा रहेको एउटा घरमा छापा मारेर अवैध कल बाइपासमा संलग्न ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
 
सुनसरी घर भएका संजिप राईले भाडा लिएको कोठामा बसेर कल बाइपासको अवैध धन्दा गरेका ३ जना भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २० प्रकारका सयौं उपकरण जफत गरिएको सिआइबीको दावी छ ।
 
सिआइबीले अहिलेसम्म १ सय ७ ठाउँमा छापा मारेर अवैध कल बाइपासमा संलग्न  १ सय ३० जना नेपाली र ३६ जना  विदेशी गरी १ सय ६६ जनालाई पक्राउ गरेको छ । 

उनीहरुले ११ अर्ब ९१ करोड ११ लाख ठगी गरेको आरोपमा सर्वोच्च अदालतमा मुद्दा चलाइएको सिआइबीका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया