प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५७ हजारको ज्याकेट !

 माघ ९, २०७५ बुधबार १७:१३:४६ | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् ।

उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ । त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् । हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्बिरमा कुकुर बेडमा बसिरहेको र हुडी ज्याकेट लगाएको देख्न सकिन्छ ।

प्रियंकाले फोटोसँगै क्याप्सन लेखेकी छिन्, ‘लस एञ्जलसमा निकै चिसो छ । ज्याकेटका लागि मोन्क्लरलाई धन्यवाद ।’

कुकुरलाई ज्याकेट त सबैले लगाइदिन्छन् । तर प्रियंकाको कुकुरले लगाएको ज्याकेटको मूल्यले भने सबैलाई चकित तुल्याउनेछ । 

प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५७ हजार नेपाली रुपैयाँ रहेको इन्डिया टुडेले जनाएको छ । 

– यसअघि प्रियंकाको कुकुरको ज्याकेटको मूल्य ५१ हजार ६ सय ५४ अमेरिकी डलर(झण्डै ५९ लाख नेपाली रुपैयाँ) भएकाेमा सच्याएका छाैँ । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • DP

    Jan. 23, 2019, 8:59 p.m.

    पैसा धेरै भएपछिको मनस्थिति।

  •  0 Reply

तपाईको प्रतिक्रिया