उसेन बोल्ट अब फुटबलर नबन्ने

 माघ ९, २०७५ बुधबार १८:२६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

जमैकाका पूर्व धावक उसेन बोल्टले फुटबल मोह त्याग गरेका छन् ।

गत वर्ष अस्ट्रेलियाको टिम सेन्ट्रल कोस्ट मरिनबाट प्रोफेशनल फुटबलर बन्ने बताएका थिए । ३२ वर्षीय बोल्टले २ महिना अघिसम्म पनि फुटबलर बन्ने इच्छा व्यक्त गरेका थिए ।

तर हालै उनले एक अन्तरवार्ताका क्रममा अब व्यावसायिक करियरतर्फ ध्यान दिने बताए । ट्रयाक एण्ड फिल्ड भन्दा बाहिर रहेर धेरै कुराहरु सिकेको पनि उनले बताए ।

तर फुटबलर बन्ने योजना भने तत्काललाई त्यागेको बताउँदै उनले आफूसँग अन्य व्यावसायिक योजना रहेकाले त्यसतर्फ ध्यान दिने पनि बताए । उमेरले पनि फुटबल खेलाडी बन्न गाह्रो हुने भन्दै अब सफल व्यवसायी बन्ने योजना सुनाएका थिए ।

 

अन्तिम अपडेट: फागुन ५, २०७५

तपाईको प्रतिक्रिया