स्विजरल्याण्डमा प्रधानमन्त्री ओलीले भनेः म नागरिकको नोकर हूँ, शासक बन्न चाहन्न

 माघ ९, २०७५ बुधबार १९:२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको नोकर बन्ने तर शासक नबन्ने बताउनुभएको छ । 

विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको डाभोस पुग्नुभएका ओलीले प्रजातन्त्रको सून्दरता भनेकै नागरिकमैत्री शासन भएको बताउनुभयो ।

सेपिङ द फ्युचर अफ डेमोक्रेसी शिर्षकको सेसनमा ओलीले नागरिकको हितमा काम गर्ने नेता भएको भन्दै नागरिकका हक अधिकार सुरक्षित नभएसम्म त्यो प्रजातन्त्र दिगो नहुने पनि बताउनुभयो । 

नेपालले पूर्णरुपमा लोकतन्त्रको उपभोग गरिरहेको भन्दै ओलीले यही शासन प्रणालीमार्फत  सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्ने बताउनुभयो । 

नेपालमा एकतान्त्रिक शासनको अन्त्य भएको र नागरिकले चुनेका नागरिकका प्रतिनिधि सत्तामा रहेका भन्दै ओलीले केन्द्रमा भएका धेरै अधिकार तल्लो तहमा पुगेको पनि दावी गर्नुभयो । साथै उहाँले नेपाल केन्द्रीकृत मानसिकतामा नभएको पनि स्पष्ट गर्नुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया