नेपाल–भारत जलस्रोत समिति बैठक: नेपालको हितका सम्झौता प्राथमिकतामा

 माघ ९, २०७५ बुधबार २०:६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल–भारत उर्जा तथा जलस्रोत समितिको छैटाैं बैठक बुधबारदेखि पोखरामा सुरु भएको छ ।

बैठकमा सचिवस्तरीय र सहसचिवस्तरीय छलफलहरु भएका छन् । बैठकमा नेपालले बुटवल–गोरखपुर ४ सय केभी प्रसारणलाइन केही समय बुक गर्न पाउनुपर्ने माग राखेको छ । 

यस्तै बैठकमा इनर्जी बैंकिङको विषयमा पनि छलफल भएको छ । इनर्जी बैंकिङको विषयमा बिहीबार खास सहमति हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो । उहाँले यो बैठकमा नेपालको हितमा हुने सम्झौताको लागि अधिकतम पहल गरिएको पनि बताउनुभयो ।  

यस्तै भारतले संशोधन गरेको क्रसबोर्डर प्रसारणलाइनबाट नेपालले लिन सक्ने फाइदाका विषयमा पनि बैठकमा छलफल भएको छ । बुधबार विभिन्न समितिले गरेका निर्णय बिहीबार सचिवस्तरमा छलफल हुने र केही सहमतिमा हस्ताक्षर गरेर बैठक सकिने पनि सचिव घिमिरेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया