रुखबाट लडेर महिलाको ज्यान गयो

 माघ ९, २०७५ बुधबार २०:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११, डिभर्नाको जोगीमारेमा रुखबाट लडेर एक  महिलाको ज्यान गएको छ । 

सन्धिखर्क ११ जोगीमारे निवासी ४२ वर्षीया मिना गैरेको आफ्नै खरबारीमा घाँस काटने क्रममा रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । 

स्थानीय मिथुन क्षेत्रीका अनुसार खरबारीमा रहेको धार्नेको रुखबाट लडेर गम्भीर घाइते भएकी गैरेको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको हो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया