नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा

 माघ ९, २०७५ बुधबार २०:३९:७ | रासस
unn.prixa.net

नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जापानका आठौं वरीयताका केई निशिकोरीले क्वार्टरफाइनलमा तिघ्राको चोटका कारण खेल त्यागेपछि जोकोभिच सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

६ पटकका विश्व च्याम्पियन जोकोभिचले पहिलो सेट ६–१ ले जितेका थिए । दोस्रो सेटमा ४–१ ले जोकोभिचले अग्रता लिएका बेला निशिकोरीले खेल छाडेका थिए ।

निशिकोरीसँगको १५ औं भिडन्तसम्म जोकोभिचले हारेका छैनन् । जोकोभिचले अब शुक्रबार सेमिफाइनलमा फ्रान्सका मिलोस राओसिनलाई हराएमा शीर्ष वरीयता प्राप्त गरेका लुकास पोइलसँग प्रतिस्पर्धा गर्नेछन् । त्यसअघि बिहीबार राफेल नाडाल र स्टेफानोस टिस्टीपसले खेल्नेछन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया