बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ केही घट्यो

 माघ १०, २०७५ बिहिबार १०:३२:५१ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार कोरियन वन केही पैसा बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घटेको छ । 

बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकिएको थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ । हिजो ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा थियो ।

आज बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । बुधबार रियाल १ को खरिददर  ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको थियो । 

यस्तै युएई दिर्हामको भाउ एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५२ पैसा र बिक्रीदर २७ रुपैयाँ ६६ पैसा तोकिएको छ । रिंगिटको भाउ हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा तोकिएको थियो । 

आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६७ पैसा थियो । 

बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ ५६ पैसा तोकिएको छ । बुधबार खरिददर ३०१ रुपैयाँ ६८ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ २७ पैसा रहेको थियो । 

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ । हिजो बुधबार खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको थियो ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया