टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 माघ १०, २०७५ बिहिबार ११:४५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

टिप्पर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको ज्यान गएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको देवदह ९ घोडाहा जंगलमा बुधबार राति दुर्घटनामा भएको थियो ।

ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल र लु २ ख ३५४७ नम्बरको टिप्पर एक आपसमा ठोक्किदा देवदेह ५ का २१ बर्षीय रबिन थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया