भन्सार छलेर भित्र्याइएको सामान भन्सारमै बुझाइयो

 माघ १०, २०७५ बिहिबार १२:२६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - सीमावर्ती भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भित्र्याइएको १ लाख मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । 

ससस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाका, रजतजयन्ती चोक र छपकैयामा सुरक्षा जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो । 

भन्सार छलेर साइकलमा ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्टस, स्टेशनरी सामान बरामद भएको उहाँले बताउनुभयो ।   

बरामद गरिएको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया