रुखबाट खसेर वृद्धकाे ज्यान गयाे

 माघ १०, २०७५ बिहिबार १३:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

माघ - रुखबाट खसेर बिहीबार दाङ देउखुरीमा एक वृद्धको ज्यान गएको छ ।

गढवा गाउँपालिका वडा नं-५, बस्ने ७० वर्षीय देविबहादुर गिरीको रुखबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाँस काट्ने क्रममा बुधवार बेलुकी ५ बजेतिर कक्रहवा, चिउरीघाट सामुदायिक वनमा रहेकाे सालको रुखबाट खसेर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया