मेट्रो रेलको डीपीआर तयार गर्न ग्लोबल टेन्डर आह्वान

 माघ १०, २०७५ बिहिबार १६:०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक रुटमा मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन डीपीआरका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ । 

कोरियन कम्पनीको सम्भाव्यता अध्ययनको आधारमा १२ किलोमिटर लामो यस रुटमा मेट्रो रेलको डीपीआर तयार गर्न रेल विभागले ग्लोबल टेन्डर आह्वान गरेको हो । 

विभागले निकालेको ग्लोबल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिनसक्ने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

आर्थिक र प्राविधिक प्रस्तावमा उत्कृष्ट ठहरिने कम्पनीले डीपीआर निर्माणको जिम्मा पाउने रेल विभागले जनाएको छ । जिम्मा पाउने कम्पनीले १८ महिनामा डीपीआर तयार पार्नुपर्ने हुन्छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया