नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

 माघ १०, २०७५ बिहिबार १६:४६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको अरोपमा रामसखी मोहम्मद सिंह जनता माध्यमिक विद्यालय बलरा सर्लाहीका शिक्षक देवनारायण ठाकुर विरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ ।

मुजफ्फरपुर भारतबाट बीए पास गरेको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको देखिएकोले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएकै आरोपमा प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।  

चन्द्रा भण्डारीले भारतबाट दश पास गरेको नक्कली प्रमाणपत्र बनाएर प्रहरी जवानमा जागिर खाएको देखिएकोले आज विशेष अदालतमा मुद्दा दर्ता गराइएको अख्तियारका प्रवक्ता रामेश्वर बोहराले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया