सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सन् २०१४ को विश्वकपमा सबैभन्दा बढी गोल गरेका कोलम्बियाली फुटबलर जेम्स रोड्रिग्वेजले विश्वकप २०१८ मा पहिलो खेल नै गुमाउने भएका छन् ।
पिँडुलाको चोटका कारण उनी जापानविरुद्धको खेलमा बेञ्चमै बस्ने निश्चित भएको इएसपीएनले जनाएकाे छ ।
जेम्स रोड्रिग्वेज अघिल्लो संस्करणको विश्वकपमा गोल्डेन बुट जित्दा जम्मा २२ वर्षका थिए । त्यसबेला उनले ५ खेलमा ६ गोल गरेका थिए । रियल मड्रिडमा स्थान बनाउन नसकेपछि लोनमा बायर्न म्युनिख गएका रोड्रिग्वेजले गत सिजन क्लबमा ७ गोल गर्दै ११ एसिस्ट गरेका थिए ।
विश्वकप छनोट प्रतियोगितामा ६ गोल र चार असिस्ट गरेका रोड्रिग्वेजले कोलम्बियाका लागि ६३ खेलमा २१ गोल गरिसकेका छन् ।
जापान र काेलम्बियाकाे खेल पाैने पाँच बजेबाट सुरु भैसकेकाे छ ।