सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अक्षरशः पालना गर्न कडा निर्देशन दिनु भएको छ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले विपन्न वर्ग, कृषि, उर्जा र पर्यटनको क्षेत्रमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिनु भएको हो । बैंक तथा वित्तीय संस्थाहरुले कृषि, पर्यटन र उर्जा क्षेत्रमा राष्ट्र बैंकको निर्देशन मुताविक कर्जा प्रवाह गरे-नगरेको सरकारले कडा निगरानी गर्ने कार्यवाहक प्रधानमन्त्री पोखरेलको चेतावनी छ ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ५४ औं बार्षिकोत्सव कार्यक्रमलाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा प्रवाह गर्न पनि बैंकलाई सचेत गराउनु भयो । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले वडा तहसम्म आफ्नो शाखा खोल्नुपर्ने कार्यबहाक प्रधानमन्त्री पोखरेलको भनाई छ ।
उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानमा बैंक तथा वित्तीय संस्थाहरुले विशेष योगदान दिनुपर्ने आवश्यकता पनि औंंल्याउनु भयो ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरुलाई युवा शिक्षित रोजगार कार्यक्रममा लगानी गर्न पनि आग्रह गर्नुभयो । उहाँले बैंकहरुले मुनाफामात्रै नहेरी सर्वसाधारणको पहुँचमा बैंकिङ सेवा पुर्याउन जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिसम्ममा १ खर्ब ८० अर्ब निक्षेप संकलन गर्न सफल भएको छ भने १ खर्व ३१ अर्ब कर्जा लगानी गरेर १ अर्ब ६१ करोड मुनाफा आर्जन गर्न गरेको छ ।