अनमोलले अस्वीकार गरेको चलचित्रमा प्रदिपलाई अफर

 माघ १०, २०७५ बिहिबार १८:१५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिनेता अनमोल केसीले नखेल्ने भनेको चलचित्र ‘ब्याचलर बन्टी’का निम्ति अर्का अभिनेता प्रदिप खड्कालाई अफर गरेको खबर बाहिरिएको छ । 
केही समयअघि मात्र अनमोलले चलचित्रको कथा मन नपरेको भन्दै त्यो चलचित्र नखेल्ने भनेका थिए ।  

निर्देशक मिलन चाम्सले अभिनेता अनमोललाई उनले मागे अनुसारको रकम दिएर चलचित्र ‘ब्याचलर बन्टी’मा साइन गराएका थिए । तर कथा पढेपछि भने अनमोलले चलचित्रमा काम नगर्ने बताएका थिए । अहिले आएर चलचित्रका निर्माता सुदीप खड्काले अभिनेता प्रदिप खड्कालाई चलचित्रका निम्ति अफर गरेका छन् । 

निर्माता खड्का र अभिनेता खड्काबीच चलचित्रको विषयमा रहेर कुरा पनि भइसकेको बताइएको छ । तर अभिनेता प्रदिपले चलचित्रमा काम गर्ने नगर्नेे बारे कनै जवाफ दिएका छैनन् । प्रदिपको  यस अघि नै ३ चलचित्रमा काम गर्ने पक्का भइसकेकोले यो चलचित्रमा काम गर्ने सम्भावना कम देखिन्छ ।

यदि प्रदिपले चलचित्रमा काम गर्ने पक्का भए चलचित्रको नाम समेत परिवर्तन गर्ने निर्माण पक्षको योजना छ । ‘ब्याचलर बन्टी’ बाट चलचित्रको नाम ‘सोलिडोली’ राख्ने सोच निर्माण पक्षले गरेको छ । 

सुरुमा यो चलचित्रको नाम ‘सोलिडोली’ नै थियो र चलचित्रमा प्रदिपलाई नै अभिनय गराउने समेत तय भइसकेको थियो तर अभिनेता प्रदिप खड्का र निर्देशक मिलन चाम्सबीचको सम्बन्धमा केही खट्पट भएपछि त्यसको नाम ‘ब्याचलर बन्टी’ राखेर अनमोललाई अफर गरिएको थियो । 

अन्ततः अनमोलले उक्त चलचित्र नगर्ने बताएपछि निर्माण पक्ष पुनः प्रदिप खड्कातिर नै फर्किएको हो । निर्माता सुदीप खड्का प्रदीपलाई चलचित्रका निम्ति मनाउने प्रयासमा छन् । तर प्रदिपले चलचित्रमा काम गर्ने नगर्नेबारे भने सार्वजनिक गरेका छैनन् ।

– उज्यालो र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया