कृषि क्षेत्रकाे उत्पादनले नै नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिन्छ: कृषिमन्त्री खनाल

 माघ १०, २०७५ बिहिबार १८:३७:५१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले कृषि क्रान्ति अहिलेको सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

कृषिमा आधुनिक प्रविधिको विकास गर्दै नेपाललाई समृद्धिको दिशामा अगाडि बढाउने बताउनु भएको छ । दाङको घोराहीमा बिहीआारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय प्रथम पोल्ट्री महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले यस्तो बताउनु भएको हो । 

कुखुरा तथा अण्डामा नेपाल आत्म निर्भर बन्दै गएकोमा खुशी व्यक्त गर्दै मन्त्री खनालले कृृषिमा लागेका र लाग्न चाहनेहरुका लागि सरकारले विभिन्न सहुलियत प्रदान गरेको र यसलाई आगामी दिनहरुमा बढाउँदै लैजाने पनि बताउनु भएको छ ।

कृषि क्षेत्रबाट हुने उत्पादनले नै नेपालको समृद्धिमा महत्वपूर्ण योगदान दिने भन्दै मन्त्री खनालले कृषकहरुका लागि पेन्सनको व्यवस्था गर्न लागेको बताउनुभयो । 

कृषि क्षेत्रमा बिचौलियाका कारणले वास्तविक किसानहरुले उत्पादित वस्तुको उचित मूल्य पाउन नसकेको भन्दै कृषि क्षेत्रमा बिचौलिया अन्त्यका लागि पनि सरकारले काम गरिरहेको मन्त्री खनालले बताउनु भयो ।

सुरक्षित कुखुरा तथा दाना व्यवसायी संघ दाङले आयोजना गरेको महोत्सबमा मन्त्री खनाललाई दाङको बदिया भाले कोसेली दिइएको थियो ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया