एनआईसी एशिया बैंकद्वारा सुनसरी प्रहरीलाई सामग्री हस्तान्तरण

 माघ ११, २०७५ शुक्रबार ९:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एशिया बैंकले आफ्नो  जिल्ला प्रहरी कार्यालय सुनसरीलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी प्रहरीलाई सामग्री हस्तान्रण गरिएको बैकले जनाएको छ ।

बैंकले सचेतनामुलक सूचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो। सुनसरी जिल्लाको सुरक्षामा सहयोग पुर्याउन भन्दै एनआईसी एशिया बैंकले १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो।

एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

बैंकले देशभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया