युएईका अवैधानिक कामदार जरिवाना नतिरी स्वदेश फर्किन पाउने

 असार ५, २०७५ मंगलबार १८:४०:१४ | उज्यालो सहकर्मी

युएई –  अवैधानिक रुपमा युएईमा बसिरहेका विदेशी नागरिकले वैधानिक बन्न पाउने भएका छन् ।

युएईको मन्त्रीपरिषदका निर्णयका अनुसार युएईले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकले तोकिएको शुल्क तिरेर वैधानिक बन्न पाउने र स्वदेश फर्किन चाहनेलाई सहजै फर्किन पाउने अवसर दिने भएको हो ।

स्वेच्छाले स्वदेश फर्किदा गैरकानुनी रुपमा युएईमा बस्दा वापतको कुनै शुल्क तिर्न नपर्ने र कुनै सजाय पनि भोग्न पर्ने छैन । तर देश फर्किने आधिकारिक टिकट भने देखाउन पर्नेछ ।

‘प्रोटेक्ट योरसेल्फ, भिसा रेक्टिफाइङ योर स्ट्याटस’ कार्यक्रम अर्को हप्तासम्ममा ल्याएर यो अवसर प्रदान गर्ने युएईले जनाएको छ । गएको हप्ता युएईको मन्त्री परिषदले श्रम नियममा भएको सुधारलाई अनुमोदन गरेको थियो । 

जसअन्तर्गत, युएईमा भिसा अवधि भन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने, स्वेच्छाले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिना नै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने जस्ता कुरा समावेश थिए । 

यसअघि युएईले सन् २०१३ मा पनि गरैकानुनी रुपमा बस्ने विदेशी नागरिकलाई दुई महिनाको आममाफी दिएको थियो । त्यतिबेला दुई महिनाको अवधिमा लगभग ६२ हजार जनाले फाइदा लिएको गल्फ न्युजले जनाएको छ । 

याे पनि पढ्नुहाेस् 
युएईले गर्‍यो श्रम नियममा सुधार : ओभरस्टे बस्नेलाई फाइदा

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया