साप्ताहिक शेयर समीक्षा: बेमौसममा पनि शेयरबजार सामान्य

 माघ ११, २०७५ शुक्रबार १९:४:३० | ज्याेति दाहाल
unn.prixa.net

काठमाण्डौ - वर्ष परिवर्तन हुने हिसाबले माघ महिना १० औं महिना हो भने नेपालको आर्थिक पात्रोअनुसार अर्धवार्षिक समीक्षा गर्ने सातौं महिना हो ।

शेयरबजारको सन्दर्भमा बेमौसम हो । कम्पनीसम्बन्धी प्रचलित कानुनअनुसार अघिल्लो आर्थिक वर्षको उन्नति,प्रगति, आय व्यय र नाफा नोक्सान लगायत विषयमा शेयरधनीलाई जानकारी गराउन वार्षिक भेला गर्ने समय सीमा पौष मसान्त हो । 

यही समयमा नाफा भएमा शेयरधनीलाई लाभ दिन बेला पनि हो  । लगानीकर्ताले गरेको लगानीबाट नाफा लिइसकेपछि अब फेरि नाफा लिन पूरा एक वर्ष पर्खनुपर्ने हुन्छ । 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेर घोषित लाभांश बाँडिसकेका छन् ।  बोनस शेयर घोषणा गरेका कम्पनीले बोनस शेयर सूचीकरण गर्न केही समय लाग्छ । असोज, कात्तिक महिनामा साधारणसभा गरेका केही कम्पनीले बोनस शेयर समेत सूचीकरण गराएका छन् ।  

शेयरबजारमा उल्लेख्य कारोबार हुने नबिल बैंकले यसपटक समयमा नै साधारणसभा सम्पन्न गर्न सकेको छैन । बैंकले अहिलेसम्म साधारणसभा घोषणा गर्न सकेको छैन । धितोपत्र सम्बन्धी कानुनले ६ महिनाभित्र साधारणसभा हुन नसकेमा त्यसको जानकारी गराउनुपर्ने हुन्छ ।

 तर नबिल बैंक जस्तो पुरानो र उच्च सुशासन भएको बैंकले साधारणसभा गर्न नसक्नु र सोको जानकारी नदिनु अचम्मलाग्दो विषय बनेको छ । साधारणसभा घोषणा नगरेका अन्य बैंकमा ओम डेभलपमेन्ट बैंकलाई विलय गर्न लागेको प्राइम बैंक, कुमारी, प्रभुले पनि लाभांश घोषणा गरे पनि साधारणसभा आव्हान गरेको छैन । त्यस्तै विलय हुन लागेको ओमले साधारणसभा आव्हान गरेको छैन । 

बैंक बाहेक केही जलविद्युत कम्पनीले साधारणसभा आव्हान गरेका छैनन् । त्यस्तै बीम समूहका कुनै कम्पनीले पनि सभा आव्हान गरेका छैनन् ।
माघ महिना लागेपछि कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने क्रम पनि बढेको छ । प्रकाशित विवरणअनुसार प्रायः सबैको प्रगति सन्तोषजनक रहेको देख्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा संचित घाटाबाट उत्रेको नेपाल बैंकले समेत साधारणसभा आव्हान गरेको छैन । बैंकले लाभ घोषणा गर्छ या गर्दैन भन्ने समाचार टिप्पणी आइरहेका छन् । 

यस हप्ता विशेष 

कारोबारमा आएको अपर तामाकोशीको यस हप्ता २८ हजार ८ सय ७७ पल्ट किनबेच भएको छ । सम्भवत एकै हप्तामा भएको यो अहिलेसम्मको ठूलो कारोबार संख्या हो । यसबाट १६ लाखभन्दा बढी कित्ता कारोबार भएर ४८ करोड रकम परिचालन भएको छ । यसको अधिकतम ३ सय ४२ सम्म पुगेर तल झरेको छ । २ सय २४ रुपैयाँमा पहिलो कारोबार खुलेको थियो ।

पछिल्लोपटक हिजो बिहिबार बजार बन्द हुँदा यसको मूल्य २ सय ७४ कायम भएको छ । नेप्सेले प्रकाशन गरेको साप्ताहिक विवरणमा तामाकोशी १० स्थानमा नदेखिए पनि वेबमा भने तामाकोशी १० स्थानमा रहेको देखिन्छ । नेप्सेले बोनस शेयर संख्या समायोजन नगरेको हुँदा साप्ताहिक वेबमा फरक देखिएको छ ।

सूचक र बजार पूँजीकरण 

यस हप्ता बजार पुरै ५ दिन खुलेको थियो । यस साता कारोबार मापन गर्ने नेप्से परिसूचक अधिकतम ११७९ दशमलव ९२, न्यूनतम ११६८ दशमलव ०६ र बन्द हुँदा ११७२ दशमलव ७८ अंक कायम भएको छ ।  

बजार पूँजीकरण १४ खर्ब ३० अर्ब, ८० करोड ८२ लाख कायम भएको छ ।  अघिल्लो हप्ता १४ खर्ब ४८ अर्ब ६३ करोड ५ लाख १० हजार कायम भएको थियो । अघिल्लो हप्ताको तुलनामा यस हप्ता बजार पूँजीकरण १ दशमलव २३ प्रतिशतले घटेको छ । 

यस साता सर्वाधिक पूँजीकरण भएका ५ कम्पनी

यस हप्ता सामुदायिक लघुवित्तको साधारण शेयर सूचीकरण भएर कारोबारमा आएको छ । लघुवित्त समुहको यो ४० सौ कम्पनी हो ।

नयाँ शेयर र हकप्रद 

जारी भईरहेको नयाँ शेयर र हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ :

युनिभर्सल पावरको शेयरमा दोलखाका साविक गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु, जुँगु, लामाबगर, ओरांग, बुलुंग, लादुक, चिलंखा, आलम्पु, बिगु, खोपाचागु, कालिन्चोक, बाबरे, लामिडाँडा, लापिलाङ, सुनखानी र सुद्रावतीका स्थानीय वासिन्दाले आवेदन गर्न पाउनेछन् ।  त्यस्तै शिवश्री हाइड्रोपावरको शेयरमा सिन्धुपाल्चोक जिल्लाका साविक फूलपिंगकट्टी, मार्मिंग, गाती, मानेश्वाँरा, राम्चे, धुस्कुन, टेकनपुर र पांग्रेटारका स्थानीय वासिन्दाले आवेदन गर्न पाउनेछन् । 

लाभांश घोषणा 

नेप्सेमा सूचिकृत लाभांश घोषणा गर्ने क्रम सकिन लागेको छ । तर बीमा कम्पनीले भने अघिल्लो आर्थिक वर्ष २०७४र७४ को लाभांश घोषणा गरेका छैनन् । घोषित लाभांश तालिकामा पेश गरिएको छ :

वाणिज्य बैंक समूह 

विकास बैंक समूह 

लघुवित्त समूह 

 

वित्त, जलविद्युत, होटेल र व्यापार  

बीमा समूह 

साधारणसभा र बुक क्लोज 

उन्नति लघुवित्तले आगामी माघ १६ गते २५ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज गर्ने भएको छ । कम्पनीहरुले लाभांश घोषणा सँगसँगै साधारणसभा समेत शुरु गर्न थालेका छन् । साधारणसभा र बुक क्लोज मिति तालिकामा उल्लेख गरिएको छ 

निर्वाचन नियुक्ति, राजीनामा 

हाइड्रोइलेक्ट्रीसिटी एण्ड डेभलपमेन्ट कम्पनीमा रिक्त रहेको सर्वसाधारणतर्फको संचालकमा बाँकी अवधिको लागि सुधिर ज्ञवाली निर्वाचित भएका छन् । 
स्ट्यान्डर्ड चार्टड बैंकमा अनिर्वन घोष दास्तीदार ३ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । आरम्भ लघुवित्तले पुस्कर घिमिरेलाई कम्पनी सचिव नियुक्त गरेको छ । प्रभू बैंकले अशोक शेरचनलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
ग्लोबल बैंकका कार्यकारी प्रमुख जनक शर्मा पौडेलले राजीनामा गरेका छन् ।

अन्य गतिविधि 

मोरङमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक र धनकुटामा रहेको कावेली विकास बैंक एक अर्कामा गाभिन सहमति गरेका छन् । दुई बैंक गाभिएपछि सप्तकोशी डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार गर्ने बताइएको छ । कावेली विकास बैंकमा यस अघि तेह्रथुममा रहेको माउन्ट मकालु डेभलपमेन्ट बैंक गाभिएको थियो । 

धितोपत्र बाेर्डले आशा लघुवित्तलाई साधारण शेयर जारी गर्न अनुमति दिएको छ ।

हिमाल दोलखा हाइड्रोपावरले साधारण शेयर जारी गर्न अनुमति मागेको छ । उन्नति लघुवित्तलाइ २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको छ ।

मेरो माइक्रोफाइनान्स, जानकी फाइनान्स, रिडी हाइड्रोपावर, पोखरा फाइनान्स र महालक्ष्मी विकास बैंक र हाम्रो विकास बैंकले बोनस शेयर दर्ता गरेका छन् ।नागरिक लगानी कोषले आव २०७३ / ०७४ को बोनस शेयर दर्ता गरेको छ ।

धितोपत्र बाेर्डले आयोजना प्रभावित क्षेत्रमा बिक्री गरिने प्राथमिक शेयर आस्बा मार्फत आवेदन गर्न मिल्ने बनाउन निर्देशन दिएको छ ।  अबदेखि स्थानीय क्षेत्रका बासिन्दाले स्वेच्छिकरुपमा आस्बामार्फत आवेदन गर्न सक्नेछन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया