१० खेलाडीमा सीमित कोलम्बियाले जापानविरुद्ध गोल फर्कायो

 असार ५, २०७५ मंगलबार १८:४८:२१ | उज्यालो सहकर्मी

विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा जापान र कोलम्बियाले पहिलो हाफको अन्त्यसम्म बराबरी १–१ को बराबरी खेलेका छन् । 

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि  जापानले पेनाल्टी पाएको थियो । 

म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए । 

डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए ।

सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् । 

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । 

जुवान क्विन्टेरोले सुन्दर फ्रिकिक प्रहारमार्फत गोल गर्दै १–१ को बराबरी गरे । 

समूह एच अन्तरगत आजै पोल्यान्ड र सेनेगलले खेल्दैछन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया