कात्तिक ९ देखि पोखरा प्रिमियर लिग हुने

 असार ५, २०७५ मंगलबार १८:५३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कात्तिकमा पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल–२०१८, को आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा कात्तिक  ९  गतेदेखि २० गतेसम्म  सञ्चालन हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहित आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति र लोगो पनि सार्वजनिक गरेको छ ।

टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशका विभिन्न शहरको नामबाट फ्रेन्चाइज बेसमा आधारित ६ टोलीहरु हुनेछन् ।

प्रतियोगिता अक्सनमा आधारित हुनेछ । क्वीन्सका प्रवन्ध निर्देशक छुम्बी लामाले डीपीएल र ईपीएलमा समावेश भएका भन्दा कम्तिमा तीनवटा नयाँ फ्रेन्चाइज टोली समावेश गरिने जानकारी दिएका छन् ।

पहिलो पटक फ्रेन्चाइजी टोलीले यू–१६ टिम बनाउनुपर्नेछ । सबै टोलीलाई समावेश गरी जुनियर पीपीएल प्रतियोगिता पनि सञ्चालन गरिनेछ । जुनियर प्रतियोगिताका खेलहरु काठमाडौंमा हुनेछन् । फाइनल खेल भने पीपीएलका क्रममा पोखरा रंगशालामा खेलाइने आयोजक क्वीन्स इभेन्ट म्यानजेमेन्टका प्रवन्ध निर्देशक लामाले जानकारी दिए ।

प्रतियोगिताका लागि पीच निर्माण गर्न भारतीय क्युरेटर बोलाइएको र उनी जुलाई दोस्रो साता नेपाल आउने छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया