धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु

 माघ ११, २०७५ शुक्रबार २०:५०:६ | शैलेन्द्र महतो
unn.prixa.net

(अपडेट) धनुषा - धनुषामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको ज्यान गएको छ ।

धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो । प्रत्यक्षादर्शीले करेन्ट लागेर ९ जनाको मृत्यु भएको बताए ६ जनाकाे मात्रै  मृत्यु भएको पुष्टि भएकाे हाे । घाइते ६ जनाकाे उपचार भैरहेकाे छ ।

सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए । 

जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया