कोलम्बियाविरुद्ध जापान २–१ ले अगाडि

 असार ५, २०७५ मंगलबार १९:२७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियाविरुद्धको खेलमा जापान २–१ ले अगाडि रहेको छ । 

जापानविरुद्धको खेलमा  जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि  जापानले पेनाल्टी पाएको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए । 

डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए ।सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् । 

स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे । 

खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले गोल गर्दै २–१ को अग्रता बनाए ।

समूह एच अन्तरगत आजै पोल्यान्ड र सेनेगलले खेल्दैछन् । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया