८ वर्षपछि फर्किएको पोल्याण्ड र १६ वर्षपछि फर्केको सेनेगल आपसमा पहिलोपटक खेल्दै

 असार ५, २०७५ मंगलबार १९:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

पोल्याण्ड र सेनेगलको खेल मस्कोको ओटक्रिटी एरेनामा नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

विश्वकपका पछिल्ला संस्करणमा खासै प्रभाव जमाउन नसकेका पोल्याण्ड र सेनेगल रहेको समुहमा कोलम्बिया र जापान पनि छन् । समानस्तरका राष्ट्र भएका कारण यो समूहबाट कुन कुन् टिम बाहिरिन्छन र कुन कुन टिम नकआउट चरणमा पुग्छन भन्ने आँकलन गर्न कठिन हुने फुटवल पण्डितहरु बताउँछन् । 

सन् १९७४ र ८२ मा तेस्रो स्थान हासिल गरेको पोल्याण्डले २०१० र १४ को विश्वकपमा स्थान बनाउनै सकेन । यस्तै, २००२ को विश्वकप डेब्युमै डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई हराएको सेनगल क्वार्टरफाइनलसम्म पुगेको थियो, जुन अफ्रिकी टिमको सबैभन्दा ठूलो सफलता हो । १६ वर्षपछि सेनेगल पुनः विश्वकपमा फर्किएको छ ।

सन् २००२ को जस्तै टिमको पराक्रम हेर्न रसियामा सेनेगलका हजारौं समर्थक रंगशालामा पुग्नेछन् । विश्वकप छनोट चरणको प्रतियोगितामा एक खेल पनि नहारि फाइनलमा स्थान बनाउने अफ्रिकाका तीन टिममध्ये सेनेगल एक हो ।

तेराङ्गाको सिंह उपनामले परिचित यो टिमले छनोट चरणका ६ मध्ये चारमा जित र दुईमा बराबरीमा निकाल्दै रसियामा स्थान सुरक्षित बनाएको थियो । सेनेगल र दक्षिण अफ्रिकासँगको खेलमा २–१ ले पराजित हुँदा रेफ्रीले पक्षपात गरेको पुष्टि भएपछि त्यो खेल पुनः खेलाइएको थियो । तर पछिल्लो खेलमा सेनेगलले २–१ को जित हात पार्दै आफुलाई प्रमाणित गरेको थियो ।

२००२ को विश्वकपमा सनसनीपूर्ण खेल खेल्दाका कप्तान एलिउ सेसेको प्रशिक्षणमा रहेको सेनेगलले निकै राम्रो प्रदर्शन गरेको छ । सेनगलको मुख्य हतियार डिफेन्स हो । छनोट चरणमा उसले जम्मा तीन गोल खाएको थियो । छनोट प्रतियोगिता पोल्याण्डले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । १० मध्ये ८ मा जित, एक बराबरी र एक हार खेल्दा पोल्याण्डले २८ गोल गर्दै १४ गोल खाएको थियो ।

म्याच फ्याक्ट्स

–सेनेगल टिमका कुनै पनि खेलाडी घरेलु भूमिमा लिग खेल्दैनन् । जसमा सात जना खेलाडी इंग्ल्याण्डमा र सात खेलाडी फ्रान्सको लिग खेल्छन् ।

–पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्दोस्कीले युरोपेली छनोट प्रतियोगितामा १० खेलमा १६ गोल गरेका छन्, जुन पोर्चुगलका क्रिष्टियानो रोनाल्डो भन्दा एक गोल बढी हो । उनले पोल्याण्डका लागि ९५ खेलमा ५५ गोल गरिसकेका छन् । 

–सन् १९८२ यता पोल्याण्डले विश्वकपमा अफ्रिकी देशसँग खेलेको छैन । पछिल्लो दुई विश्वकपमा पोल्याण्डको यात्रा समूह चरणमा नै सिमित भएको थियो ।

–यी दुई टिम अहिलेसम्म खेलेका छैनन् ।

प्लेयर्स टू वाच

  • रोबर्ट लेवान्डोस्की

पोल्यान्डका मुख्य खेलाडी स्ट्राइकर रोर्बट लेवान्डोस्की हुन् । छनौट खेलमा लेवान्डोस्कीले १० खेलमा १६ गोल गरेका थिए ।

कप्तान लेवान्डोस्की पोल्यान्डका उच्च गोलकर्ता समेत हुन् । २००८ मा राष्ट्रिय टिममा डेब्यु गरेका लेवान्डोस्कीले अहिलेसम्म  ९३ खेलमा ५२ गोल गरिसकेका छन । २९ वर्षीय उनी जर्मन  क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटवल खेल्छन् । 

साडियो माने–सेनेगल

दोस्रोपटक विश्वकप खेल्न लागेको सेनेगलका मुख्य खेलाडी साडियो माने हुन् । प्रिमियर लिग क्लब लिभरपुलबाट व्यवसायिक फुटवल खेलिरहेका मानेले २०१२ मा सिनियर टिममा डेब्यु गरेका हुन् । उनले राष्ट्रिय जर्सीबाट ४९ क्याप जित्दै १४ गोल गरेका छन् ।

२०१६ मा लिभरपुलमा ३४ मिलियन पाउन्डमा आवद्ध हुँदा  उनी अफ्रिकाका सवैभन्दा महंगा खेलाडी बनेका थिए । स्ट्रेन्थ, स्किल्स र स्पिडले मानेलाई सेनेगल फुटवल टिमको सवैभन्दा ठुलो सम्पति बनाएको खेल विश्लेषकहरु बताउँछन् ।

प्रिमियर लिगमा लिभरपुललाई शीर्ष चारमा पार्न लागि मानेको योगदान महत्वपूर्ण छ । च्याम्पियन्स लिगमा रियल मड्रिडसँग ३–१ ले पराजित हुँदा लिभरपुलका लागि एकमात्र गोल मानेले गरेका थिए ।

पोल्याण्ड टिम

प्रशिक्षकः एडम नावल्का ।

गोलकिपरः वेइजे स्ट्याज्ने, बार्तोज बेलकोस्की, लुकाज फावियान्स्की ।

डिफेन्डरः माइकल पाज्दान, अर्तर जेद्रेजेक, थियागो सियोनेक, जान बेद्नारेक, कामिल ग्लीक, बार्तोज बेरेजिन्स्की, लुकाज पिस्जेक ।

मिडफिल्डरः जाकेक गोराल्स्की, क्यारोल लिनेटी, ग्रेजगर्ज क्रिचोवाक, कामिल ग्रासिस्की, मासिएज रिबस, जाकुब ब्लाजिकोस्की, स्लावोमिर पेज्को, पिटर जिलिन्स्की, राफेल कुर्जावा । 

फरवार्डः अराकादिउज मिलिक, रोबर्ट लेवान्दोस्की, लुकाज टियोडोरज्क, डेविड कोवानाकी ।

सेनेगल टिम

प्रशिक्षकः अलिओउ सिस्से । 

गोलकिपरः अब्दोउलाय डियाल्लो, खादिम एनदिय, अफ्रिडे गोमिस ।

डिफेन्सः सालिओउ सिस, कालिदोउ कोलिबाले, कारा एमबोजी, युसुफ साबाले, पापे एलिओने एनदिय, लामिने गास्सामा, मोउसा वागे ।

मिडफिल्डरः इद्रिसा गाना गेय, सालिफ साने, चिखोउ कुयटे, चिख एनदोय, अल्फ्रेड एनदिए । 

फरवार्डः मोउसा सोउ, मामे विराम दियोफ, साडियो माने, मोउसा कोनाटे, दियाफ्रा साखो, स्माइला सार, एमबाय नियाङ, केइटा बाल्डे ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया