बहुविवाहकाे आराेपमा सजाय सुनाइएका फरार जाेडी पक्राउ, जेल चलान

 माघ १३, २०७५ आइतबार १७:६:५२ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – बहुविवाह गरेको आरोपमा कैद सजाय सुनाइएका फरार दुई अभियुक्तलाई पक्राउपछि जेल चलान गरिएकाे छ।

बहुविवाहको मुद्धामा सजाय फैसला भएका आमचोक गाउँपालिका–४ वालांखाका उमेश राई र डम्बरकुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो । राई दम्पतिलाई जिल्ला अदालत भोजपुरले ११ महिना ११ दिन कैद र ५ हजार जरीवानाको फैसलो सुनाएको थियो ।

फैसला भइसकेकाले उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई जेठी श्रीमतीले दिएको उजुरीको आधारमा पक्राउ गरि कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया