देशलाई समृद्ध बनाउन उद्यमशीलताकाे अर्काे विकल्प छैन: गगन थापा

 माघ १३, २०७५ आइतबार १९:५२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका युवा नेता गगन थापाले समृद्धिको सपना र योजना साकार पार्न उद्यमशीलताकाे अर्काे विकल्प नरहेकाे बताउनुभएकाे छ ।  

बदलिँदो राजनीतिक परिवेशलाई उद्यमशीलतासँग गाँस्नसके राष्ट्र समृद्ध बन्न धेरै समय नलाग्ने थापाको भनाइ छ । उद्यमशील कांग्रेसले आयोजना गरेको ‘आन्टरप्रेनर विद् एमपी’ कार्यक्रममा सांसद थापाले राष्ट्रको समृद्धि र विकासका लागि बाहिरिएको जनशक्तिलाई पनि नेपालभित्रै रोजगारी दिन सक्ने गरी राज्यले याेजना बनाएर अघि बढाउनु पर्ने बताउनुभयाे ।  

नवउद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सांसदहरुसँगको संवाद प्रारम्भ गरिएको उद्यमशील कांग्रेसका संयोजक अश्मिन सिटौलाले बताउनुभयाे । राष्ट्रलाई समृद्ध बनाउने सुनौलो अवसर संविधानले नै सुनिश्चित गरिसकेकाले अब सबै युवाहरुलाई एकीकृत गरेर उद्यम अभियानमा लगाउनु पर्ने उहाँले बताउनुभयाे । 

कार्यक्रममा उद्यमी व्यवसायीहरु दिकेश मल्होत्रा, शिक्षित भट्ट, मनोहर अधिकारीलगायतले नेपालमा लगानीका सम्भावना, चुनौती र सरकारले गर्नुपर्ने कामका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया