एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको दमकचोकमा

 माघ १३, २०७५ आइतबार २०:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनआईसी एसिया बैंकले दमकचोकमा नयाँ शाखा विस्तार गरेको छ ।

दमक नगरपालिका–५, क्याम्पसमोडको दमकचोकमा खोलिएको शाखाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार उद्घाटन गर्नुभयो । समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गर्नुभएको थियो ।

आधिकारिक उद्घाटन आज गरिए पनि शाखाले गएको भदौ १६ गतेबाट कारोबार सुरु गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया