पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

 माघ १४, २०७५ सोमबार १०:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – कर्तव्य ज्यान मुद्धामा पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीय उमानाथ बुढाथोकीको हत्यामा अदालतले दोषी ठहराएका मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझालाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई काठमाण्डौबाट पक्राउ गरी तेह्रथुम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिनुभयो । ओझासहित केही व्यक्तिले २०७० कात्तिक १८ गते थोक्लुङका बुढाथोकीलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका थिए । 

बुढाथोकीको उपचारकाक्रममा कात्तिक २३ गते ज्यान गएको थियो । बुढाथोकीका छोरा बीरबहादुर बुढाथोकीको किटानी जाहेरीका आधारमा प्रहरीेले कात्तिक २४ गते उजुरी दर्ता गरेको थियो । ओझालाई तेह्रथुम जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको छ । उनलाई सोमबार जिल्ला अदालतमा बुझाउने तयारी रहेको प्रहरी प्रवक्ता गौतमले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया