अनुगमन टाेली चढेको जिप दुर्घटना, ५ जना घाइते

 माघ १४, २०७५ सोमबार १४:५४:४० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाउँपालिका पटौटीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् ।

पाणिनी गााउँपालिकाका कर्मचारीको टोली विकास निर्माणका कामको अनुगमन गर्न जाने क्रममा पाणिनि ४ पटौटीको सुवर्णखाल चिंदेरी भन्ने स्थानमा लु १ च ९०४६ नम्बरको जिप दुर्घटना भएको हो । 

अनुगमन गर्न जाँदै गर्दा भएको दुर्घटनामा पाणिनि गााउँपालिकाका लेखा अधिकृत नारायण पौडेल, सुब्बा राम कुमार भट्टराई, योजना शाखाका सुब्बा पशुपति खनाल, कम्युटर अपरेटर रविन्द्र न्यौपाने र गाडी चालक सागर घिमिरे घाइते हुनुभएको गाँउपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।  

घाइतेहरुको अवस्था खतरामुक्त रहेको र  सबैलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया