अख्तियारमा कार्यरत प्रहरीलाई घुस लिँदै गरेकाे अवस्थामा अख्तियारले नै पक्रियाे

 माघ १४, २०७५ सोमबार १६:४९:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयले नेपालगञ्जबाट अख्तियारमा कार्यरत एकजना प्रहरीलाई पक्राउ गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालको टोलिले आयोगको कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीलाई १ लाख रुपैयाँ घुस माग गरेको प्रमाणका आधारमा पक्राउ गरेको हो ।

अधिकारीले आयोगमा अनुसन्धान भइरहेको मुद्दा तामेलीमा राखिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले बाँकेको चिसापानी नजिकैबाट पक्राउ गरेको हो ।

आइतबार पक्राउ गरिएका अधिकारीलाई आइतबार साँझ नै विमानमार्फत काठमाण्डाै लगिएको छ ।

लामो समयसम्म अख्तियारको सम्पर्क कार्यालय कोहलपुरमा कार्यरत रहेका अधिकारी हाल सुर्खेत कार्यालयमा कार्यरत थिए । नेपालगञ्जमा कार्यरत 
रहँदा अधिकारीले रगेहात पक्राउ गर्नेक्रममा कर्मचारीलाई नियतवश फसाउने गरेको आरोप समेत लागेको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया