गाेरखाकाे बारपाकमा हिमपात (फाेटाे फिचर)

 माघ १४, २०७५ सोमबार १९:२७:१० | किरण लोहनी
unn.prixa.net

गाेरखा - २०७२ को भूकम्पको केन्द्रबिन्दु बारपाकमा हिमपात भएको छ ।

केही वर्षको अन्तरालमा हिउँ परेपछि स्थानीय बासिन्दा खुशी भएका छन् ।

आइतबार दिउँसो झण्डै आधा घण्टासम्म हिमपात भएपछि जाडो ह्वात्तै बढेको छ ।

झण्डै १२ सय घरधुरीको झुरुप्प बस्ती हिमपातपछि सुन्दर देखिएको छ । तर चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ ।

समुन्द्री सतहबाट १९ सय मिटर उचाइमा रहेको बारपाकभन्दा माथिको डाँडाहरूमा भने ४ दिनदेखि लगातार हिउँ परिरहेको छ ।

हिउँले जमिनको उर्वराशक्ति बढाउने भए पनि ढिलो हिउँ परेकोले किसानले लाभ भने लिन नपाएको स्थानीय खेम घलेले बताउनुभयो ।

हिउँ परेपछि आन्तरिक पर्यटकको आगमन बढ्ने स्थानीयको अपेक्षा छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया