कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं - पानी नपरेपछि काठमाडौं उपत्यकासहित देशभर नै गर्मी बढेको छ ।
यसवर्ष मनसुन समयमै भित्रिए पनि ठूलो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । पूर्वको तुलनामा मध्य र पश्चिमी क्षेत्रमा गर्मी धेरै छ ।
काठमाडौंमा अस्ति सोमबार ३० दशमलव २ डिग्री सेल्सियस पुगेको तापक्रम बढेर हिजो ३१ डिग्री सेल्सियससम्म पुगेको छ ।
आज ३२ डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।
नेपालगंजमा तापक्रम ३९ डिग्रीसम्म पुगेको छ । सिमरा, भैरहवा, धनगढी र दिपायलको तापक्रम ३८ डिग्रीभन्दा माथि पुगिसकेको छ । विराटनगर, धरान र वीरेन्द्रनगरको तापक्रम ३४ डिग्री भन्दा माथि छ ।
पूर्वको तुलनामा पश्चिममा तापक्रम धेरै बढेको र आज हिजोको तुलनामा एक डिग्रीसम्म तापक्रम बढ्न सक्ने मौसमविद्ले बताएका छन् । अझै केही दिन ठूलो पानी पर्ने सम्भावना नभएकाले गर्मी अझै बढ्न सक्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
पश्चिमी वायु सक्रिय भएका कारण मनसुन सक्रिय हुन नसकेको मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनसुनी वायु सक्रिय हुनका लागि पूर्वी वायूको प्रभावले पश्चिमी वायु कमजोर हुनुपर्दछ ।