सुन सफा गरिदिने भन्दै ठगी गर्ने कारगार चलान

 माघ १५, २०७५ मंगलबार १५:१४:४५ | बुद्ध तामाङ

भाेजपुर – सुन सफा गरिदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिकमध्ये २ जनालाई पूर्पक्षका लागि कारागार पठाएको छ । 

जिल्ला अदालत भोजपुरले लवकुश शाह र रमेशकुमार शाहलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

बाँकी ४ जनालाई जनही ३५ हजार धरौटीमा छुटेका छन् । धरौटीमा छुट्नेमा श्रवणकुमार शाह, जितेन्द्र शाह, राकेश शाह र रविन्द्र शाह रहेका छन् । 

भारतको मोतिहारी जिल्ला घोडासहनका ६ जनाले पौवादुङ्मा गाउँपालिका–४ वास्तिममा सुन सफा गरिदिने भन्दै ठगी गर्दै गरेको अवस्थामा स्थानीयले उजुरी गरेपछि ६ जनालाई गत पौष ११ गते प्रहरीले पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत ३, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया