डाेजर लगाएर भत्काइए गौशाला बजारको विवादास्पद ‘चाइना गेट’

 माघ १५, २०७५ मंगलबार १६:२६:५५ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकामा चाइना गेटका नामले प्रसिद्ध विवादास्पद पुरानो दुई अति जीर्ण भवनलाई हटाइएको छ ।

गौशाला नगरपालिकाकाे सर्वदलीय बैठकको निर्णयअनुसार मंगलबार बिहान ती भवनलाई डोजर लगाएर भत्काइएको हो ।  

नगरपालिकाको किता नं. १५ मा पर्ने त्याे जग्गा वर्षाैँदेखिको विवादका कारण भत्काउन नसकिएका कारण ती दुई भवन चाइना गेटको नामले परिचित रहेका संघीय समाजवादी फोरम नेपालका नेता लक्ष्मी महतोले जानकारी दिनुभयो ।

गुुठीकाे सम्पति भए पनि बर्षौँ पहिले यहाँका केही नाम चलेका व्यक्तिहरुले आफनो नाममा दर्ता कायम गराउँदा त्याे जग्गा विवादस्पद रुपमा रहेको पनि महतोले जानकारी दिनुभयाे ।

सर्वसम्मत निर्णयअनुसार मंगलबार भत्काइएका भवन भएकाे ठाउँमा बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरिने र बाँकी रहेको जग्गामा सरकारी कार्यालय स्थापना गरिने प्रदेशसभा सदस्य भरतप्रसाद साहले बताउनुभयाे ।

अब केही दिनमै बस्ने सर्वदलीय बैठकको निर्णयअनुसार नगरपालिकाले बजार विकासका लागि उचित कदम अगाडि बढाइने गौशाला नगरपालिकाका उपमेयर आशा लामाले बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया