३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
अष्ट्रेलियाविरुद्धको पाँच एकदिवसीय श्रृंखला इंग्ल्याण्डले जितेको छ ।
मंगलबार भएको तेस्रो एकदिवसीय प्रतियोगितामा कीर्तिमानी जितका साथ इंग्ल्याण्डले श्रृंखला कब्जा गरेको हो ।
यसअघिका दुई खेलमा जित हासिल गरेको घरेलु टोली इंग्ल्याण्डले मंगलबार नटिंघममा २४२ रनको कीर्तिमानी जित हासिल गरेको हो ।
२४२ रनको फराकिलाे अनेतर आफैंमा कीर्तिमान हो । इंग्ल्याण्डले एकदिवसीय क्रिकेटमा र अष्ट्रेलियाविरुद्ध रनतर्फ सबैभन्दा ठूलो अन्तरको जित निकालेको हो ।

४८२ रनको कीर्तिमानी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभरमा २३९ रनमै अल आउट भएपछि इंग्ल्याण्डको कीर्तिमानी जित सम्भव भएको हो ।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले ५१ र मार्कस स्टोइनिसले ४४ रन बनाए पनि अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।
बलिंगतर्फ इंग्ल्याण्डका अदिल रशिदले ४ विकेट लिँदा मोइन अलीले ३ तथा डेभिड विल्लीले २ विकेट लिए ।
यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ४८१ रनको योगफल बनायो । यो योगफल एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै सर्वाधिक हो ।
यसअघि सर्वाधिक योगफल पनि इंग्ल्याण्डकै नाममा थियो । उसले सन् २०१६ को अगष्टमा यही मैदानमा पाकिस्तानविरुद्ध ४४४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।
मंगलबार रनको कीर्तिमान बनाउने क्रममा इंग्ल्याण्डका दुई ब्याट्सम्यानहरु जोनी बेरस्टो र एलेक्स हेल्सले शानदार शतकीय पारी खेले ।
दुवैले समान ९२ बल खेल्दा बेरस्टोले १५ चौका र ५ छक्काको साथमा १३९ तथा हेल्सले १६ चौका र ५ छक्काको साथमा १४७ रन प्रहार गरेका थिए ।
ओपनर बेरस्टोले जेसन रोयसँग मिलेर पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए ।
रोय ८२ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका एलेक्स हेल्सले बेरस्टोसँग मिलेर १५१ रनको साझेदारी गरेका थिए ।
इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले पनि ६७ रनको अर्धशतकीय पारी खेले ।
बलिंगतर्फ अष्ट्रेलियाका एभन रिचर्डसनले ३ विकेट लिए ।