हत्यामा संलग्न रहेको आशङ्कामा तीन जना पक्राउ

 माघ १६, २०७५ बुधबार ९:५८:५८ | रासस
unn.prixa.net

चितवन – पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमबार राति रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया