एकदिवसीय सिरीज गुमाइसकेकाे न्युजिल्याण्ड टी २० सिरीज जित्ने लक्ष्यमा

 माघ १६, २०७५ बुधबार १२:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको एक दिवसीय सिरिज दुई खेल अगाडि नै गुमाइसकेको न्युजिल्याण्डले टी–२० सिरीज जित्ने लक्ष्य लिएको छ । पाँच वटा एक दिवसीय सिरीज अन्तर्गत लगातार तीन खेलमा पराजित भएको न्युजिल्याण्डले ३–०ले सिरीज गुमाई सकेकाले अब टी–ट्वेन्टीमा फोकस हुने जनाएको छ । 

चौथो एक दिवसीय बिहीबार र  पाँचौ तथा अन्तिम एक दिवसीय शनिबार हुने छ । एक दिवसीय सिरीज पछि न्युजिल्याण्ड र भारत तीन वटा टी–२० खेल्ने छन् । अर्को बुधबारबाट सुरु हुने टी २० का लागि न्युजिल्याण्डले  बाँकी २ एक दिवसीय र टी–२० का लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ । 

केन विलियमसनको कप्तानीमा घरेलु टोलीबाट २ जना युवा खेलाडीले डेब्यू गर्ने जनाइएको छ । अलराउण्डर डेरिल मिशेल र ब्लेर टिकनरलाई टिममा राखिएको छ ।  अलराउण्डर मिशेल हालै भएको बर्गर किंग्स सुपर स्म्यास क्याम्पेन तथा न्युजिल्याण्डको ए टिमबाट एक दिवसीय क्रिकेटमा शानदार प्रदर्शन गरेका थिए । यसैगरी टिकनरले लकी फग्र्युसनलाई रिप्लेस गर्ने छन् । 

यसैगरी टी –२० का लागि घाइते भएका जिमी निशमको ठाउँमा डग ब्रेसवेललाई बोलाइएको छ ।न्युजिल्याण्डका कप्तान केन विलियमसन पनि टी–२० मा हेनरी निकल्सलाई रिप्लेस गर्दै टिममा फर्कने छन् । एक दिवसीय क्रिकेटमा खराब प्रर्दशन गरेका ट्रेन्ट बोल्टलाई आराम दिइएको छ । 

न्युजिल्याण्डको टिमः केन विलियमसन, डग ब्रेसवेल, कालिन डी ग्रेन्डहोम, लकी फग्र्यूसन, मार्टिन गुप्टिल,  स्कर्ट कुगालाएजन, डेरिल मिशेल, कलिन मुनरो, मिशेल सेंन्टरन, टिम सीफर्ट, इश सोढी, टिम साउथी, रस टेलर र ब्लेयर टिक्नर ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया