‘डन’ देखि ‘गली ब्वाय’ सम्मका थुप्रै सुपरहिट फिल्मकाे अफर छोडेका थिए रणबिर कपूरले

 माघ १६, २०७५ बुधबार १४:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणबिर कपूरले बक्स अफिसमा जति पनि ब्लकबस्टर फिल्म दिएका छन् त्यति नै ब्लकबस्टर फिल्महरु लत्याएका पनि छन् । 

रणबिर कपूरले फिल्मको अफर आए पनि अभिनय गर्न अस्विकार गरेका फिल्महरुको सूची ‘डन’ देखि सुरु भएर ‘गली ब्वाय’ सम्मको छ । रणबिर स्वयंले यि फिल्महरु मध्येका केही फिल्म नगरेकोमा पछुतो रहेको कुरा भन्ने गरेका छन् । 

यदि रणबिर कपूरले यि फिल्ममध्ये आधा फिल्म मात्रैमा पनि अभिनय गरेको भए आज उनी बलिउडकै नम्बर १ अभिनता हुने थिए । रणबिरले लत्याएका ब्लकबस्टर फिल्म यस्ता छन् : 

डन 

फिल्म ‘डन’ का लागि निर्देशक फरहान अख्तरले रणबिर कपूरलाई नै कास्ट गर्न चाहेका थिए । तर रणबिर कपुरले एक्शन फिल्म उनको करियरको लागि राम्रो नहुने सोचेर यो फिल्मका काम गर्ने अफर अस्विकार गरिदिएका थिए । रणबिर कपूरले नमानेपछि अभिनेता शाहरुख खानले यो फिल्म गरेका थिए । 

ब्याण्ड बाजा बारात

रणबिर सिंहको डेब्यू फिल्म ‘ब्याण्ड बाजा बारात’ को लागि पनि अभिनेता रणबिर कपूर नै पहिलो रोजाइ थिए । तर रणबिरले यो फिल्म पनि अस्विकार गरिदिएका थिए । पछि एउटा अन्तरवार्तामा रणबिर कपूरले यो फिल्म नगरेकोमा पछुतो रहेको बताएका थिए । 

ब्याङ्ग ब्याङ्ग 

अभिनेता ऋतिक रोशनको सुपरहिट फिल्म ‘ब्याङ्ग ब्याङ्ग’ को लागि पनि पहिले रणबिर कपूरलाई नै प्रस्ताव राखिएको थियो । तर रणबिरले यस फिल्मलाई पनि एक्शन फिल्ममा काम गर्ने इच्छा नरहेको भन्दै लत्याइदिए । 

‘टु स्टेट्स’ 

फिल्म ‘टु स्टेट्स’ अभिनेता अर्जुन कपूरको करियरलाई माथि उकास्न सफल फिल्म हो । तर अर्जुन कपूरभन्दा अघि यो फिल्म रणबिर कपूरले गर्ने पक्का भएको  थियो । तर पछि अचानक रणबिरले ब्यस्तताको कारण देखाउँदै यस फिल्मबाट पनि हात झिकेका थिए ।‘

दिलवाले

शाहरुख खान, काजोल, वरुण धवन र कृति सेनन अभिनित फिल्म ‘दिलवाले’ मा पनि वरुण धवनले निर्वाह गरेको भूमिकाका लागि रणबिर कपूरलाई अफर गरिएको थियो । तर रणबिरले यस फिल्ममा काम गर्न मानेनन् । 

दिल धडकने दो 

जोया अख्तरको सुपरहिट फिल्म ‘दिल धडकने दो’ मा पनि रणवीर सिंहलाई कास्ट गर्नुपूर्व जोया रणबिर कपूरकहाँ गएकी थिइन । तर रणबिर कपूरले जोयाको प्रस्ताव स्वीकार गरेनन् । 

गली ब्वाय

अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘गली ब्वाय’ यही फेब्रुअरी १४ मा रिलिज हुँदैछ । यस फिल्ममा रणवीर सिंहले निर्वाह गरेको भूमिकाबाहेक एक अर्को भूमिकाको लागि रणबिर कपूरलाई अफर गरिएको थियो । 

तर रणबिर कपूर रणबिरले सिंहको मुख्य भूमिका रहेको यस फिल्ममा सेकेण्ड लिडमा काम गर्न चाहेनन् । तसर्थ जोया अख्तरले दोस्रो फिल्मका लागि राखेको प्रस्ताव पनि रणबिरले अस्विकार गरिदिए । 

तख्त

करण जोहरको मल्टिस्टारर फिल्म ‘तख्त’ का लागि पनि रणबिर कपूरलाई प्रस्ताव गरिएको थियो । तर रणबिर कपूरले मल्टीस्टारर फिल्ममा काम गर्न चाहेनन् । पछि रणबिर कपूरलाई भनिएको भूमिका अब अभिनेता विक्की कौशलले निर्वाह गर्ने भएका छन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया